गीत हटाएर सार्वजनिक माफी मागेपछि छुटे गायक दुर्गेश थापा


काठमाडौं, ५ कार्तिक । तिहारको विवादित गीत गाएपछि मंगलबार पक्राउ परेका गायक दुर्गेश थापा छुटेका छन् ।

कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युवबाट सार्वजनिक गरेका थिए ।

गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो । उजुरी परेपछि अपराध महाशाखाको टोलीले थापालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : २०७६ कार्तिक ५, मंगलवार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ