चीन : ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद !


एजेन्सी, २५ कात्तिक । चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए ।

चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन्। ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ ।

अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए । अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ । अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ ।

अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ ।

प्रकाशित : २०७६ कार्तिक २५, सोमबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ