स्वरकी धनी लता मंगेशकर अस्पताल भर्ना


एजेन्सी, २५ कार्तिक । भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । भारत रतन र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका हुन् ।

बलिउडकी चर्चित गायिका लतालाई स्वास फेर्न समस्या भएपछि मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्‍याइएको हो । लता गत सेप्टेम्बर २८ मा ९० वर्षकी भइन् ।

प्रकाशित : २०७६ कार्तिक २५, सोमबार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ