धर्मनिर्पेक्ष देश भएपछि अधर्मी बढ्यो : रेखा थापा


जनकपुरधाम, २८ कार्तिक । अभिनेतृ रेखा थापाले धर्मनिर्पेक्ष देश भएपछि अधर्मीहरुको संख्या बढेको बताएकी छन् । जनकपुरबाट निकालिएको धार्मिक रथयात्रामा सहभागी हुन आएकी अभिनेतृ थापाले अधर्मीले देशमा जरा गाडेको समेत बताइन् ।

देशलाई हिन्दु राष्ट्रबाट धर्मनिर्पेक्ष बनाएपनि के परिवर्तन भयो भन्ने प्रश्न गर्दै उनले भनिन्, ‘पहिले जसरी छठ मनाइन्थ्यो । आज पनि त्यसरी नै मनाइन्छ । धर्मनिर्पेक्ष देश घोषणा भएदेखि बरु अधर्मी बढ्दा महिलाहरु असुरक्षित बनेकी छन् ।’ उनले धर्मले अनुसासित बनाउने गरेको भन्दै धर्मलाई अंगालेर अगाडी बढ्दा समाज, परिवार र देशलाई राम्रो हुने तर्क गरिन् ।

अभिनेतृ थापाले देशलाई पुनः हिन्दु राष्ट बनाउने अभियान सुरु गरिएको बताए । एक फरक प्रसँगमा उनले प्रचण्डले आफ्नो एजेण्डा छाडेका कारण उनको साथ छाडेको पनि बताइन् । उनले राप्रपा संयुक्तले पनि धोका दिने काम गरेमा पार्टी परित्याग गर्ने बताइन् ।

प्रकाशित : २०७६ कार्तिक २८, बिहीबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ