मोडल पुष्पा यादबले एकल नाटक प्रस्तुत गरी दर्शकलाई बनाइन् ‘भावुक’ (भिडियोसहित)


जनकपुरधाम, २२ मंसिर । शनिवार जनकपुरको तिरहुतिया गाछीमा भएको प्रादेशिक संगीत यात्रामा दर्शकहरु रमाइरहेका थिए । विभिन्न गित तथा नृत्यले दर्शकहरु झुमिरेहका थिए । त्यसैबेला मोडल पुष्पा यादबले एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुःसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो ।

अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण जिउदै जलाउने गरेको विषयवस्तु समेटिएको एकल नाटक मोडल पुष्पाले प्रस्तुत गरिन् । उनले एक्लै आमा, ससुरा, छोरी र पतिको भुमिका निर्वाह गरिन् । उनको नाटकमा जब आगोमा जलिरहेको दृष्य देखाइयो अनी सबै दर्शक भावुक भएका थिए ।

उनको प्रस्तुतीपछि पुनः मनोरञ्जनका कार्यक्रम सुरु भयो । भोजपुरी, हिन्दी र मैथिली गित तथा नृत्य देखाएर कलाकारहरु दर्शकलाई झुमाए । कार्यक्रम हेर्न टिकटको व्यवस्था गरिएपनि सयौं दर्शक थिए । कार्यक्रमको अन्त्यतीर भोजपुरी सुपरस्टार नायिका रानी चटर्जीले समेत नेतृत्य र गित गाएपछि दर्शकहरु उत्साहित बनेका थिए ।

https://m.facebook.com/story.php?story_fbid=2753846204673894&id=100001456249188

https://www.youtube.com/watch?v=4KjVVkJV-44
https://www.youtube.com/watch?v=-pbSLuNoFkY
प्रकाशित : २०७६ मंसिर २२, आईतवार ०२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ