लहानका शुक्रराज साह बन्यो बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक, पाए अवार्ड


समिर नेपाल / पाचौं ‘कामना फिल्म अवार्ड बाट बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक शुक्रराज साह भएका छन् । चलचित्र भिलेन बाट द्वन्द्व निर्देशक साहले बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक अवार्ड हातपार्न सफल भएका छन् । पाँच उत्कृष्ट द्वन्द्व निर्देशकको मनोनयनमा हिमाल केसी,चन्द्र पन्त, सुर्य थोकर र शुक्रराज साह रहेका थिए ।

पुर्वी तराईको सिरहा जिल्लाको लहानमा सामान्य परिवारमा जन्मिएका २८ वार्षिय शुक्रराज साह जो अहिले नेपालको स्थापित द्वन्द्व निर्देशक भइसकेका छन् । बिगत एक दशक पहिले देखि प्रमुख साहायक द्वन्द्व निर्देशक दिनेश केसी ९डिके० संगै संघर्ष गरेका साहले द्वन्द्व कलाकार हुँदै सयभन्दा बढी नेपाली चलचित्रमा साहायक द्वन्द्व निर्देशक भएर भैरव, धुवा, ऐश्ववर्या, किस्मत २, हवल्दार सुन्तली, छ एकान छ,दुलही,रणविर,बिर्खे लाई चिन्छ्स,ए मेरो हजुर ३, विरबिक्रम लगायत धेरै हिट चलचित्रहरु काम गरिसकेका छन् ।

साह नेपाली चलचित्रमा मात्र होईन भोजपुरी चलचित्रमा पनि हिट छन । निर्देशक साह बर्ष भरी नै व्यस्त रहने निर्देशनको रुपमा चिनिन्छन् । द्वन्द्व निर्देशक साहको डेवियु द्वन्द्व निर्देशक बाटै अवार्ड पाउन सफल भएका छन् ।

अवार्ड पाएपछि निकै हर्षित द्वन्द्व निर्देशक साहले संचारकर्मी सङ्ग कुरा गर्दै यो मेरो मात्र सफलता होईन यो चलचित्र भिलेनको र भिलेनको टिमको पनि सफलता हो। बिगत देखि अहिलेसम्म मैले गरेको संघर्षको सफलता हो मेरो लागि यो अवार्ड। म निकै खुसी छु यो अवार्ड पाउदा यो अवार्डले मलाई मेरो काम प्रति अझ उर्जा प्रदान गरेको छ ।

साह भकानिएर बिगत सम्झिए घाम पानीमा रुझ्दै भोकै कति रात काठमाडौंमा बिताएको छु काम पाए पनि निर्माता सङ्ग पैसा लिन धेरै पटक धाउनु परेको बिर्सिएको छैन म सायद आतिएर यो चलचित्र क्षेत्र बाट टाडिएको भए सायद आज यो अवार्ड पाउने अवसर मिल्दैन थियो ।

यसैविच आर्टिस्ट राजु सर्राफले साहलाई शुभकामना दिएका छन् । उनले अगामी दिनमा समेत यस्तै राम्रो कामहरु गर्न सकोस् भनेर साहलाई शुभमकामना दिएका हुन् । उनले भनेका छन्– अवार्ड हात पारेर ठूलो सफलता हासिल गर्नुभएको छ । यसले हामी गौरबान्वित भएका छौं ।

प्रकाशित : २०७६ पुष २४, बिहीबार २३:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ