सलमान किन जुम गरेर हेर्छन् कट्रिनाका हरेक तस्बिर ?


एजेन्सी : बलिउड स्टार सलमान खान एक यस्ता अभिनेता हुन्, जसका बारेमा थप जानकारी लिन उनका हरेक फ्यान फलोअर्स आतुर हुन्छन् ।

यसैक्रममा सलमानले जीवनको एउटा गोप्य कुराको पर्दा खोलिदिएका छन्, जुन विषयका बारेमा अहिलेसम्म कोही कसैलाई जानकारी छैन । सलमानले यो गोप्य खुलासा हास्य कलाकार कपिल शर्मा र कट्रिना कैफका साथमा बोलेका हुन् ।

मुम्बई प्रहरीको वार्षिक शो ‘उमंग २०२०’मा उपस्थित सलमान खानले कपिल शर्मासँगको कुराकानीमा आफ्नो गोप्य विषय खुलाएका हुन् । अभिनय करिअरमा सशक्त भएर पनि सलमान अविवाहित छन् । यस सम्बन्धमा उनलाई बारम्बार प्रश्न गर्ने गरिन्छ । तर, उनी सहजै टारेर प्रश्नलाई विषयान्तर गर्न माहिर बनिसकेका छन् ।

विवाह नभए पनि सलमानको मन, मुटुमा एउटा यस्तो तस्बिर छ, जसलाई उनी विशेष रूपमा सजाएर राख्न चाहन्छन्, हरेक फोटो उनी जुम गरेर हेर्ने गर्छन् ।

‘उमंग २०२०’मा जब कपिल सलमान र कट्रिना कैफसँग कुराकानी गर्न थाल्छन् र सलमानलाई प्रश्न गर्छन्- सामाजिक सञ्जालमा जो कोही महिलाले म्यासेज गर्न सक्छन्, त्यसमध्ये कोही कसैलाई जुम गरेर हेर्ने गर्नुभएको छ ?

प्रश्नको जवाफमा सलमान कट्रिना कैफतर्फ इसारा गर्दै भन्छन्, ‘मैले त्यस्तो कहिल्यै पनि गरेको छैन, तर उनका हरेक तस्बिर जुम गरेर हेर्ने गरेको छु ।’ सलमानको जवाफले कार्यक्रम सेटमा हाँसो फैलन्छ ।

विशेष गरेर सलमान र कट्रिना ‘रिल लाइफ’मा फिल्म ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘भारत’ लगायत सफल फिल्ममा एकसाथ काम गरेको हिट जोडीका रूपमा चिनिन्छन् । एजेन्सी

प्रकाशित : २०७६ माघ १२, आईतवार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ