काँग्रेस निवर्तमान अध्यक्ष राहुल गान्धीसहित २ सय जनाविरुद्ध मुद्दा दायर


भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

भारतीय दन्ड संहिता उलंघन गरेको आरोप लगामा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् । गान्धीद्वय र अन्य २०० जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको गौतमबुद्ध नगर प्रहरीको दावी छ ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हाथरस गइरहेका बेला बिहीवार राहुल गान्धी र प्रियंका गान्धीलाई पक्राउ गरिएको थियो ।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि राहुल गान्धीले आक्रोशित हुँदै प्रश्न गरेका थिए– के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?’ नेता गान्धीले आफूलाई प्रहरीले जबर्जस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ