अम्बानीलाई फाप्यो लकडाउन : एक घण्टामै कमाउँछन् ९० करोड भारु


भारतका सबैभन्दा धनी हुन् मुकेश अम्बानी । उनी हरेक घण्टा ९० करोड भारु कमाउने गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

एसियाका धनाढ्य तथा विश्वका चौथो धनीको सूचीमा अटाएका उनले पछिल्लो ६ महिना यता हरेक घण्टा ९० करोड भारु कमाएको खुलेको छ । कोरोना भाइरसका कारण विश्वका सबैजसो आर्थिक क्षेत्र ठप्प छ । तर, अम्बानीलाई लकडाउन मज्जाले फापेको छ ।

आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो इन्डिया रिच लिस्ट २०२० को नवौं संस्करण मार्फत अम्बानीको कमाई सार्वजनिक भएको छ । आईआईएफएलले ३१ अगस्ट २०२० सम्ममा १ हजार करोड रुपैयाँ वा त्योभन्दा बढी सम्पत्ति भएका भारतका धनाढ्यलाई यो सूचीमा समावेश गरेको छ ।

लगातार नवौं वर्ष यो सूचीको पहिलो स्थानमा परेका कूल आम्दानी ६ लाख ५८ हजार ४०० करोड रुपैयाँ रहेको छ। रिर्पोट अनुसार ६३ वर्षीय अम्बानीको सम्पत्ति पछिल्लो १२ महिनामा ७३ प्रतिशत बढीले उकालो लागेको छ ।

यही समयमा उनका ६१ वर्षीय भाई अनिल अम्बानीको भने टाट पल्टिएको छ । उनले केही दिनअघि बेलायको अदालतलाई श्रीमतीको गहना बेचेर गुजारा चलाईरहेको बताएका थिए ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ