बंगलादेशमा कानुन संशोधन, अब बलात्कारीलाई फाँसी दिने


बंगलादेशमा बलात्कारीलाई अब फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ ।

बलात्कारका घटना लगातार बढ्न थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै बलात्कारीलाई फाँसी सजाय दिने व्यवस्था गरेको हो ।

बंगलादेशका कानुनमन्त्री अनिसुल हकले राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुने बताएका छन् ।

केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई फाँसी दि माग गरेका थिए ।

मौजुदा व्यवस्थामा बंगलादेशमा बलात्कार सम्बन्धी अपराधमा आजन्म कारावासको व्यवस्था छ । पीडितको मृत्यु भएको अवस्थामा भने अपराधीलाई मृत्युदण्डसमेत हुन सक्ने व्यवस्था छ ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार २१:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ