नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यमा जनकपुरका चौधरी मनोनित


टुडेखोज, जनकपुरधाम : नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यमा बिजय कुमार चौधरी मनोनित भएका छन् ।

अक्टुबर १८ मा समितिको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकबाट चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित भएको हो । जनकपुरधाम उपमहानगर १६ घर भएका चौधरी २०४८ सालदेखी नै धनुषाबाट नेपाली कॅाग्रेसमा आवद्ध छन् ।

चौधरी यसअघि ट्रेड यूनियन, शिक्षक संगठनमा पनि बसेर काम गरिसकेका छन् । हाल उनी टेस्लाको हेड अफिस क्यालिफोर्नियमा कार्यरत छन् । केन्द्रीय सदस्यमा मनोनित भएपछि चौधरीलाई जनकपुरमै बस्दै आएका उनका भाई जसपा नेता संजय चौधरी लगायतले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

समाज सेवामा सधै सक्रिय रहने, समाज सेवालाई आफ्नो पबित्र धर्म मान्ने शालिन ब्याक्तित्वको धनी, अनुभवि एक बौद्धिक व्याक्ति चौधरीलाई केन्द्रीय सदस्य पदमा पाउॅदा जनसम्पर्क समिति अमेरिका गौरन्वावित भएको सभापति धनञ्जय नरसिंह केसीले उल्लेख गरेका छन् ।

चौधरीसँगै सरोज कुमार पौडेल, ज्योति पाण्डे र प्रकाश शर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यस्तै गीता दवाडी कँडेलको संयोजकत्वमा महिला विभाग र इन्द्र सिटौलाको संयोजकत्वमा संघ संस्था समन्वय विभाग पनि गठन गरेको सभापति केसीले जनाए ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ