भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ, यस्तो छ आरोप


एजेन्सी : पटक पटक विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।

रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो । गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको बताइएको छ ।

भारतीय प्रहरीले ५३ वर्षीय इन्टेनियर डिजाइनरले आत्महत्या गरेपछि सो सम्बन्धमा सोधपुछका लागि गोस्वामीलाई पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

गोस्वामीले प्रहरीले उनकी श्रीमती, छोरा र सासुससुरामाथि हातपात गरेको आरोप लगाएका छन् । एजेन्सी

प्रकाशित : २०७७ कार्तिक १९, बुधबार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ