टापुमा फेला पर्‍यो ८ हजार वर्ष पुरानो मोती


यूनाइटेड अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीनजिकै एउटा टापुमा विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती फेला परेको छ ।

मरवाह द्वीपमा उत्खनन गर्ने क्रममा ८ हजार वर्ष पुरानो उक्त मोती फेला परेको बिबिसीले जनाएको छ । उत्खननका क्रममा यूएईको प्राचीन वास्तुकलाबारे पनि थाहा भएको छ ।

उक्त क्षेत्रमा नवपाषाण युगदेखि नै मोतीको व्यापार हुने गरेको उत्खननले देखाएको छ ।यसै महिनाको अन्त्यतिर अबु धाबीस्थित सङ्ग्रहालयमा उक्त मोती प्रदर्शनीका लागि राखिनेछ ।

आबु धाबीको संस्कृति तथा पर्यटन विभागका अध्यक्ष मोहम्मद खालिफा अल मुबारकले अबु धाबीमा फेला पारिएको विश्वकै सबैभन्दा पुरानो मोतीले आधुनिक आर्थिक र सांस्कृतिक इतिहासको गहिरो जरा प्रागैतिहासिक बिहानीमै पुग्ने स्पष्ट पारेको पारे ।

पुरातत्वविद्हरूले जैविक पदार्थ भएको वस्तुको आयु पत्ता लगाउने रेडियोकार्बन डेटिङ विधि प्रयोग गरेर उक्त मोती इसापूर्व ५८०० देखि ५६०० बीचको हुन सक्ने बताएको छ ।

त्यो समयमा मोती गहना बनाउन प्रयोग भएको हुन सक्ने र प्राचीन इराक रहेको मेसोपोटामिआसँग माटोका वस्तु र अन्य सामग्री किन्न प्रयोग हुने यूएईका विज्ञहरू बताउँछन् ।

‘अबु धाबी पर्ल’ नाम दिइएको उक्त मोती अक्टोबर ३० देखि सुरु हुने लूभ्र अबु धाबी प्रदर्शनीमा राखिने बताइएको छ ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ