बिहारमा पहिलो पटक भाजपाका बिधायक सभामुख चुनिए


एजेन्सी : बिहार विधानसभाको नयाँ सभामुखमा  वियज कुमार सिन्हा चुनिएको छन् । बुधबार विधानसभामा भएको मतदानमा भारतीय जनता पार्टीका सांसद कुमार सिन्हा सभामुखमा निर्वाचित भएका हुन् ।

मत विभाजनमार्फत भएको मतदानमा उनको पक्षमा बहुमत बहमत पुगेको छ । आजतकका अनुसार सिन्हालाई समामुख बनाइयोस भन्ने पक्षमा १२६ मत र विपक्षमा ११४ मत परेको छ ।

सिन्हा लखीसरायबाट विधायकमा निर्वाचित भएका हुन् । उनलाई बधाई दिँदै मुख्यमन्त्री नीतीश कुमारले आगामी दिनमा विधानसभाको कामकारबाही सफल ढंगले सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।  बिहारमा पहिलो पटक भारतीय जनता पार्टीका बिधायक सभामुखमा चुनिएका हुन् ।

नेपालसँग सिमाना जोडिएको बिहारमा केहीदिनअघि भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी, जनता दल युनाइटेड लगायतको एनडीए गठबन्धनले बहुमत पाएको थियो। एनडीए गठबन्धनबाट नीतीश कुमार पुन बिहारको मुख्यमन्त्री बनेका छन् ।

प्रकाशित : २०७७ मंसिर १०, बुधबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ