कोरोना कहरबीच भारतमा नयाँ रोग देखा पर्‍यो, २२७ जनाको मृत्यु


कोरोना प्रकोपबीच विश्व आक्रान्त बनिरहेको समयमा भारतमा रहस्यमयी रोग देखा परेको छ ।

उक्त रहस्यमयी रोगका कारण भारतको आन्ध्र प्रदेश राज्यमा हालसम्म २२७ जना बिरामी परेको बीबीसीले जनाए । यस रोगका कारण एकजनाको भने मृत्यु भइसकेको बताइएको छ ।

भारत हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने विश्वकै दोस्रो राष्ट्र हो । यहाँ ९६ लाख ७७ हजारमा कोरोना पुष्टि भइसकेको छ ।

त्यस्तै कोरोनाले भारतमा १ लाख ४० हजारको ज्यान लिइसकेको छ । कोरोना कहरबीच भारतमा नयाँ रहस्यमयी रोग देखा परेपछि मानिसहरु अझ त्रसित भएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार यस रहस्यमयी रोगका कारण मानिसहरुमा पेट दुख्ने, वान्ता हुने र अचेत हुने लक्षण देखिएका छन् ।

आन्ध्र प्रदेशस्थित पश्चिम गोदाभरी जिल्लाको इलुरु भन्ने शहरमा पहिलोपटक यस रोग देखिएको थियो । एक हप्तामै यहाँ २२७ जना बिरामी परिसकेको जनाइएको छ ।

हाल स्वस्थ्य अधिकारीहरुले यो रोगको बारेमा पत्ता लगाउन अनुसन्धान सुरुवात गरेका छन् । – नेपाल खबरबाट

प्रकाशित : २०७७ मंसिर २२, सोमबार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ