के राष्ट्रपति पदबाट हटेपछि डोनाल्ड ट्रम्पलाई जेल जानुपर्ला ?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अब सकिनै लागेको छ । उनको कार्यकाल २० जनवरीसम्म मात्र हो ।

अमेरिकी निर्वाचनको नतिजा आइसक्दा पनि उनले हार त स्वीकार गरेका छैनन् तर उनी जसरी पनि ह्वाइट हाउसबाट बाहिरिनु चाहिँ पर्छ । ह्वाइटहाउसबाट उनी बाहिरिनु पर्ने बाध्यता पनि नभएको होइन ।

उनी अब २० जनवरीमा ह्वाइटहाउसबाट बाहिरिनु पर्ने छ । तर, जब उनले २० जनवरीमा राष्ट्रपति पदबाट बाहिरिन्छिन्, उनी के जेल जालान् ? अहिले अमेरिकी मिडियामा यस विषयमा व्यापक चर्चा चल्न थालेको छ ।

यसको कारण के भने अहिले अमेरिकी राष्ट्रपतिका रुपमा उनी शक्तिशाली छन्, कतिपय कानुन उनलाई अहिले नलाग्न पनि सक्छ । तर, अब उनी राष्ट्रपति पदबाट बाहिरिए पछि यसअघि लागेका आरोपहरुमाथि छानबिन हुन सक्छ । कर छलीको आरोपमा पनि उनीमाथि छानबिन हुनसक्ने अनुमान गरिएका छन् ।

तर, अहिलेसम्म कसैले पनि उनी जेल नै जान्छन् भनेर ठोकुवा चाहिँ गरेका छैनन् । निश्चित के हो भने उनी राष्ट्रपति पदबाट हटेपछि केही कमजोर चाहिँ पक्कै हुनेछन् ।

प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ