उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, १५ घाइते


नयाँ दिल्ली : भारतको उत्तरप्रदेशस्थित मुरादाबाद–आगरा सडकखण्डमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको यो दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ माघ १७, शनिबार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ