किसान आन्दोलनसँग जोडिएका दर्जनौं खाता ट्विटरले किन बन्द गरे ?


लण्डन : भारत सरकारको निवेदनमा कानूनी सूचनापछि सामाजिक सञ्जाल ट्विटरले किसान आन्दोलनसँग जोडिएका भारतका दर्जनौं खाताहरू बन्द गरेको छ ।

त्यसरी बन्द गरिएका खाताहरू कृषिसम्बन्धी नयाँ कानुनविरुद्ध गरिएका किसानका प्रदर्शन र तिनका समर्थकसँग सम्बन्धित थिए । द क्याराभान पत्रिकाको खाता पनि बन्द गरिएको छ जसले भारत सरकारको आलोचना गर्ने गर्छ ।

सरकारी अधिकारीहरूले सार्वजनिक निर्देशनहरूमाथि धम्की आउन थालेको भन्दै त्यस्तो कदम आवश्यक भएको बताएको बीबीसीले जनाएको छ । गत साता गणतन्त्र दिवसका बेला किसानहरूले राजधानी दिल्लीमा ठूलो र्‍याली गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् ।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।

प्रकाशित : २०७७ माघ २०, मंगलवार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ