प्रधानमन्त्री मोदीका भाई बने विश्व हिन्दु महासंघ भारतको अध्यक्ष,
नेपाललाई पुनः हिन्दु राज्य बनाउने


काठमाडौं : विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन भएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सम्हाल्दै आएको अध्यक्ष पद अब मोदीले अन्तरिम अध्यक्षको रुपमा जिम्मेवारी पाएका छन् । योगी आदित्यनाथ विश्वहिन्दु महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत भएको र उनी अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत भएकोले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको हो ।

भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुन् । विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि नेपाललाई पुनः हिन्दु अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने उनले बताएका छन् ।

विश्व हिन्दु महासंघको मुख्यालय काठमाडौंमा छ । विश्व हिन्दु महासंघको विश्वका ४५ देशमा शाखा छ । सनातन धर्म ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दु महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनलाई भारतमा समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित : २०७७ माघ २१, बुधबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ