अभिनेत्री करिना कपुरले फेरी जन्माइन् छोरा


एजेन्सी : बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन् । द इन्डियन एक्सप्रेसका अनुसार करिनाले आइतबार दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन् ।

द इन्डियन एक्सप्रेसलाई करिना कपुरका बुवा, अभिनेता रणधिर कपुरले करिना आमा बनेको जानकारी गराएका हुन् । रणधिरका अनुसार करिनाले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे बच्चालाई जन्म दिएकी हुन् । करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ ।

करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो । यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए । नयाँ छोरासँगै सैफ अलि चौथो पटक बुवा बनेका छन् ।

सैफका पूर्व पत्नी अमृता सिंहबाट दुई सन्तान छन्, सारा अलि खान र इब्राहिम अलि खान ।

प्रकाशित : २०७७ फाल्गुन ९, आईतवार १५:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ