विद्युतीय स्कुटर चढेर मुल्यबृद्धिको विरोध गरिन् मुख्यमंत्री ममता बनर्जी


काठमाडौं : भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्युतीय स्कुटरमा कार्यालय पुगेकी छिन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहीबार उनी प्रदेश सरकारका एक मन्त्रीसँगै आफ्नो सचिवालय पुगेकी हुन् । भारतमा पछिल्लो केही सातायता निरन्तर पेट्रेलियम पदार्थको भाउ बढिरहेको छ ।

भारतको विभिन्न राज्यमा मानिसहरुले इन्धनको मूल्यवृद्धिको निरन्तर विरोध गर्दै आएका छन् । भारतको प्रमुख विपक्षी पार्टी कांग्रेसले इन्धनको मूल्यवृद्धिको विरोध गर्दै आएको छ ।

प्रकाशित : २०७७ फाल्गुन १३, बिहीबार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ