आमा बन्दै भारतकी चर्चित गायिका श्रेया घोसाल, मागिन् आशिर्वाद


काठमाडौं : भारतकी चर्चित गायिका श्रेया घोसाल आमा बन्ने भएकी छिन् । घोसालले सामाजिक संजालमा बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएका हुन् ।

हाल ३६ वर्षकी घोसालले सन् २०१५ मा शिलादित्य मुखोपाध्यायसँग विवाह गरेका थिए । उनी व्यापारी हुन् । घोसालले फेसबुकमा बेबी बम्प पक्रिँदै गरेको फोटो पोस्ट गर्दै भनेकी छन्,‘शिलादित्य र म यो समाचार भन्न पाउँदा निकै खुशी छौं ।’

‘नयाँ जीवनको अध्यायको तयारी गर्दैगर्दा तपाइँहरुको माया र आशिर्वाद चाहन्छौं,’ उनले भनेकी छन् ।

प्रकाशित : २०७७ फाल्गुन २०, बिहीबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ