तापसी र अनुरागले छले ६५० करोड आयकर ?


एजेन्सी : अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपले ६५० करोड भारु बराबरको आयकर छलेको आशंका गरिएको छ। भारतको आयकर विभागले छानबिन गर्दा उक्त आशंका गरिएको हो ।

विभागले कर छलेको आरोपमा बुधबार कश्यप, तापसीलगायत कलाकारको घरमा छापा मारेको थियो । हिन्दुस्तान टाइम्सका अनुसार विभागले अनुरागको प्रोडक्सन कम्पनी ुफ्यान्टम फिल्मु सम्बन्धित व्यक्तिहरूको समेत खानतलासी गर्यो ।

खानतलासीक्रममा विभागले निर्माता विकास बेहल र मधु मान्तेनको घरमा समेत छापा मारेको थियो। फ्यान्टम फिल्मु सन् २०१८ मै बन्द भएको हो । तर विभागका अनुसार कम्पनीको शेयर होल्डरहरूले भारू ६५० करोड बराबरको आयकर छलेको आशंका गरिएको छ ।

विभागका अनुसार निर्माता र निर्देशकहरूले गैरकानुनी रूपमा खर्च गरिएको पनि भेटिएको छ । पैसासँगै आइटी विभागले प्रोडक्सन हाउसबाट डिजिटल डाटाको अंशका रूपमा इमेल र ह्वाट्सएप च्याटहरू पनि बरामद गरेको छ ।

प्रकाशित : २०७७ फाल्गुन २१, शुक्रबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ