भारतमा भयानक दुर्घटना : १३ जनाको मृत्यु, राहतको घोषणा


एजेन्सी : भारतको मध्य प्रदेशस्थित ग्वालियरमा टेम्पो र बस ठोक्किदा १३ जनाको मृत्यु भएको छ ।

पुरानो छाउनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा भएको ठूलो दुर्घटनामा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष छन् ।

राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार भारु सहायता रकम दिने घोषणा गरेको छ ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ