बिहार विधान सभामै विधायकहरूमाथि प्रहरीले चलाए लाठी


काठमाडाैं : भारतकाे बिहार विधान सभामा विपक्षी दलका विधायकहरूमाथि प्रहरीले कुटपिट गरेका छन् । मंगलबार साँझ बसेको लोकसभा प्रहरीले कुटपिट गर्दा केही विधायकहरु घाइते भएकाे भारतीय सञ्चारमाध्यम जागरणले जनाएकाे छ ।

बिहारको विधानसभामा पेश भएको बिहार सशस्‍त्र पुलिस विधेयक २०२१ विधेयक पास गरिएकाे थियाे । उक्त विधेयकमा प्रहरीलाई पक्राउ पुर्जी नभई जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने विषय प्रस्ताव भएपछि विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी)ले विरोध गरेकाे थियाे ।

उनीहरुले लाेकसभाकाे काम कारवाही सुरु गरेलगत्तै कागज च्यातेर उडाउने, नाराबाजी गर्ने र टेबुल ठटाउने गरेका थिए । तर, सभामुखले बैठक अवरुद्ध गरे बल प्रयाेग गर्ने चेतावनी दिएका थिए ।

सो विधयेक सभाबाट पास गरेपछि आरजेडीले लोकसभा बाहिरै नाराबाजी गरेका थिए । त्यसपछि उनीहरुलाई हटाउन बल प्रयाेग गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : २०७७ चैत्र ११, बुधबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ