आलिया भट्टलाई समात्यो कोरोना


एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । आलियाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् । यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहरीलाई पनि कोरोना पुष्टि भएको थियो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ