ताइवानमा रेल दुर्घटना : ३६ यात्रुको मृत्यु, उद्धार जारी


एजेन्सी : ताइवानमा शुक्रबार बिहान रेल दुर्घटना भएको छ । बिहान ९: ३० देशको पूर्वी हुलियन क्षेत्रको टनेलमा रेल दुर्घटना हुँदा ३६ जना यात्रुको मृत्यु भएको जनाइएको छ ।

ट्रकसँग ठोक्किएर रेल दुर्घटना भएको ‘च्यानल न्युज एसिया’ले जनाएको छ । रेलमा ३ सय ५० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते ६१ जनालाई अस्पताल भर्ना गरिएको छ ।

७३ जना रेलभित्र रहेको र उद्धार कार्य भइरहेको स्थानीय प्रहरीले जनाएको छ । रेलमा बिदा मनाउन हिँडेका पर्यटकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चा‍र माध्यमले जनाएका छन् ।

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ