सचिन तेन्दुलकरमा कोरोना भाइरस पुष्टि


जनकपुरधाम : भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि शुक्रबार मुम्बइको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् ।

यसका साथै सचिनले आफूलाई कोरोना पोजिटीभ भएको जानकारी सामाजिक सञ्‍जालबाट दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ तपाइकबो इच्छा र प्रार्थनामको लागि धन्यवाद। चिकित्सको सल्लाहमा मलाई अस्पताल भर्ना गरिएको छ। किनकी पुरै सावधानी हुन पाओस् । मलाई आशा छ की म चाँडै घर फर्किनेछु ।ध्‍यान दिनुस् र सुरक्षित रहनुस्।’

यस्तै सचिनले भारतको विश्वकप जीतको १० वर्ष पुगेको उपलक्ष्‍यमा भनेका छन्, ‘ सबै भारतीय तथा मेरो साथीहरुलाई हाम्रो विश्‍व कप जीतको १०औ वर्षगाँठको शुभकामना व्‍यक्त गर्दछु।’

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ