भारतको कोरोनाले लियो भयावह रुप, एकैदिन १५ सयको मृत्यु


काठमाडौं : भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह बन्न थालेको छ।

बितेको चौबिस घण्टामा भारतभर १५ सय भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन १५०१ जना संक्रमितको मृत्यु भएको हो ।

एकैदिन नयाँ संक्रमित भेटिनेको संख्या पनि हरेक दिन आक्रामक रुपले बढिरहेको छ। गएको २४ घण्टामा २ लाख ६१ हजार ५०० जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ४७ लाख ८८ हजार भन्दा धेरै पुगेको छ । शनिबार भारतमा दुई लाख ३४ हजार ६९२ जनामा संक्रमण पुष्टि भएको थियाे भने चाेबिस घण्टामा १३ सय ४१ जनाको ज्यान गएको विवरण सार्वजनिक भएकाे थियाे ।

हालसम्म भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार १५० पुगेको छ ।

भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख भन्दा धेरै छ । एक करोड २८ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : २०७८ बैशाख ५, आईतवार १३:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ