भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीका छोराको कोरानाबाट मृत्यु


भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका छोराको कोरोना संक्रमणका कारण निधन भएको छ ।​

यचुरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो जेठो छोरा आषीष यचुरीको कोरोनाका कारण आज विहान निधन भएको जनाएका छन् ।

एक हप्तादेखि कोरोनाको उपचार गराइरहेका उनको ३५ वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महासचिव यचुरीले आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स लगायतलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ बैशाख ९, बिहीबार १०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ