भारतमा २४ घण्टामै थपिए ३ लाख ५२ हजार ९९१ कोरोना संक्रमित


काठमाडौं : भारतमा एकैदिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाख ५२ हजार ९९१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण २८ सय १२ जनाको ज्यान गएको छ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ७३ लाख १३ हजार १६३ पुगेको छ । यस्तै अहिलेसम्म मर्नेको संख्या एक लाख ९५ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६५८ पुगेको छ । अहिलेसम्म १४ करोड १९ लाख ११ हजार भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको कम्तीमा एक मात्रा खोप लगाइएको छ ।

पछिल्ला दिनहरुमा भारतका विभिन्न अस्पतालहरुमा आइसियू तथा भेन्टिलेटरको अभावसँगै अत्यावश्यक अक्सिजनको पनि अभाव भएको छ । अक्सिजन अभावकै कारण पनि कैयौं संक्रमितले ज्यान गुमाउनु परेको छ ।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ