कोरोना नियन्त्रणका लागि अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने


काठमाडौं : अमेरिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ ।

शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै  युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

उक्त रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोरोनाको जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रणमा खर्च हुनेछ ।

तीन तहको सरकारका कोरोना सम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ ।

प्रकाशित : २०७८ बैशाख १८, शनिबार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ