कोरोनाबाट बिजेपी प्रवक्ता र पूर्व साँसदको निधन


कोरोना भाइरसको संक्रमणबाट बिजेपी कानपुरका प्रवक्ता डा. मनोज मिश्रा र पूर्व साँसद राम चरित्र निषादको निधन भएको छ ।

नोएडाको कैलास अस्पतालमा उपचाररत प्रवक्ता डा. मिश्रा र पूर्व साँसद निषाद भर्ना थिए । उपचारकै क्रममा उनी दुवै जनाको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

कोरोनाले भारतका धेरै भिआइपीको ज्यान लिइसकेको छ । मृतकको संख्या दैनिक बढ्दै गएपछि भारतमा कोहराम मच्चिएको छ ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ