कोरानाः भारतमा ८ बाघमा संक्रमण पुष्टि


एजेन्सी : कोरोना भाइरसको महामारीसंग पुरै विश्व जुधिरहेको छ । कोरोनाबाट हालसम्म १६ करोड ६० लाख भन्दा बढि मानिस संक्रमित बनेका छन् भने ३४ लाख ५० हजार बढिले ज्यान गुमाएका छन् ।

कोरोनाको महामारी केवल मानिसमा मात्र सिमित रहेन । भारतमा पहिलो पटक जनावरमा कोरोना संक्रमण देखिएको छ । भारतको हैदराबादको नेहरू चिडियाखानामा रहेका ८ एसियाटिक बाघ (सिंह)मा कोरोना भाइरसको संक्रमण पाइएको हो । गत २९ अप्रिलमा ती बाघहरुको पीसीआर टेष्ट गरिएकोमा ८ बाघको पोजिटिभ रिपोर्ट आएको चिडियाखानाका अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ ।

चिडिया खानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि बाघहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन् । तर उनले ती बाघहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ