मास्क नलगाएपछि उप-प्रधानमन्त्रीले तिर्नुपर्यो जरिवाना


मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्रीलाई जरिवाना भएको छ । कडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको हो ।

प्रहरीले उनलाई २ क्षमायाचनासहित २ सय डलर जरिवाना गरेको हो । उपप्रधानमन्त्री जोसेले आफू विमानस्थल जान ढिला भएकोले श्रीमतीका लागि गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र छिरेको ३० सेकेन्डमा आफू प्रहरी कार्बाहीमा परेको स्वीकार गरेका छन् ।

पछिल्लो २४ घन्टामा अस्ट्रेलियामा २९ जनामा नयाँ संक्रमण देखिएको छ जसमा २३ स्थानीय र ४ विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा देखिएको हो ।

प्रकाशित : २०७८ असार १५, मंगलवार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ