नयाँ दिल्लीमा ९० वर्षयताकै सर्वाधिक गर्मी


भारतको राजधानी नयाँ दिल्लीमा यतिबेला अत्यधिक गर्मी रेकर्ड गरिएको छ । जुलाइ महिनाको पहिलो दिन ९० वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको जनाइएको छ । मनसुनको सिजनमा पनि दिल्लीमा लू को प्रभाव देखिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

तापक्रम दैनिक रुपमा बढिरहेको छ । बिहीबार तापक्रम ४५ दशमलव २ डिग्रीसम्म पुगेको थियो । यो सामान्यभन्दा ६ डिग्री बढी हो । भारतको मौसम विभाग कार्यालयका अनुसार यसअघि १९३१ जुलाइ १ मा दिल्लीको तापक्रम तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो । दिल्ली र आसपास क्षेत्रमा अत्यधिक गर्मी भएपछि जनजीवन प्रभावित बनेको छ ।

यसैबीच, शुक्रबारबाट मौसम बदलिने भएकाले केही राहत हुने अपेक्षा गरिएको छ । मौसम विभागका प्रमुख कुलदीप श्रीवास्तवले शुक्रबार आंशिक रुपमा बादल देखिने भएकाले गर्मीबाट केही राहत मिल्ने छ । शुक्रबार अधिकतम तापक्रम ४१ डिग्रीसम्म हुने अनुमान गरिएको छ । केही स्थानमा भने लू चल्ने सम्भावना बताइएको छ ।

७ जुलाइपछि भने मनसुन सक्रिय हुने जनाइएको छ । यसपटक हालसम्म दिल्लीमा निकै कम मात्र पानी परेको छ । मौसमविद महेश पलावतले केही दिनमा वर्षा हुने भएकाले गर्मीबाट राहत पाइने बताएका छन् । यसअघि गत जेठमा पनि दिल्लीको तापक्रम अत्यधिक बढेको थियो । जेठ दोस्रो साता दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागले जनाएको थियो ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ