सिरहाका विन्देश्वर महराको साउदीमा मृत्यू


लहान : खाडी मुलुक साउदीमा सिरहाका एक मजदुरको असमायिक निधन भएको छ । कल्याणपुर नगरपालिका ४ डरौलका अन्दाजी ४५ वर्षीय विन्देश्वर महराको निधन भएको हो ।

१६ वर्षदेखि साउदीमा मजदुरको रुपमा काम गर्दै आएका महराको मृत्यू किन भएको विषयमा केहि खुल्न सकेका छैन । सँगै बस्ने मजदुरले महराको निधन भएको जानकारी फोनमार्फत घरमा गराएका छन् । मृतक महरा साउदीमा १३ वर्ष काम गरेर तीन वर्ष अगाडी घर आएका थिए । त्यसपछि पुनः साउदी पुगेका थिए ।

घरमा उनकी श्रीमती, तीन छोरी र एक छोरा छन् । उनको निधनले घरमा रुवाबासी मचेको छ । मृतक महराको शव साउदीबाट घर ल्याउनका लागि आवश्यक पहल गरिदिन उनका आफ्न्तले सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ असार १९, शनिबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ