सात कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएपछि…


एजेन्सी : भारतको पश्चिम बंगालमा सता कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएकी छन् । १३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरेर सहपाठीले सम्बन्ध बनाएको खुलासा भएको छ ।

घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगादेश भागेका छन् । आरोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् । पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् ।

उनले छोरीको अन्तरङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित : २०७८ असार २३, बुधबार १५:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ