हैटीका राष्ट्रपति मोइजेको ह-त्या, फस्टलेडी अस्पताल भर्ना


हैटी : बन्दुकधारीले हैटीका राष्ट्रपति जोभेनेल मोइजेको ह-त्या गरेका छन् । निजी निवासमा बसिरहेका राष्ट्रपतिमाथि सशष्त्र आक्रमण हुँदा राष्ट्रपतिकी पत्नी घाइते भएकी छिन् ।

घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो ।

स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आ-क्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका ल-डाकुले उक्त आ-क्रमण गरेको अधिकारीले स्थानीय लोकलटेन न्यूजलाई बताए ।

प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् । मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए ।

प्रकाशित : २०७८ असार २३, बुधबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ