छ पटक मुख्यमन्त्री बनेका सिंहको निधन


एजेन्सी : भारतको हिमाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री वीरभद्र सिंहको निधन भएको छ । पूर्व मुख्यमन्त्री एवं भारतीय कंग्रेसका नेता सिंहको आज विहान सिमलाको इन्दिरा गान्धी मेडिकल कलेज एन्ड हस्पिटलमा ८७ वर्षको उमेरमानिधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई पटक कोरोना संक्रमणबाट मुक्त भएका सिंह दुई महिना अघि अस्पतालमा भर्ना भएका थिए । उनी छ पटक हिमाञ्चल प्रदेशको मुख्यमन्त्री बनेका थिए । वीरभद्र नौ पटक भारतीय विधायक रहेका थिए ।

वीरभद्र मनमोहन सिंह नेतृत्वको केन्द्रीय सरकारमा २८ मे २००९ मा केन्द्रीय मन्त्री बनेका थिए । सिंह सन १९८३ र १९९० मा लगातार दुई पटक मुख्यमन्त्री बने । त्यस्तै १९९३ देखि १९९८, २००३ देखि २००७ र २०१२ देखि २०१७ सम्म हिमाञ्चल प्रदेशको मुख्यमन्त्री रहेका थिए ।

प्रकाशित : २०७८ असार २४, बिहीबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ