जनतालाई निःशुल्क वाइफाइ दिने योगी सरकारको घोषणा


भारतको उत्तर प्रदेशका जनताले अब निःशुल्क वाइफाईको सुविधा पाउने भएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले बुधवार निःशुल्क वाइफाइ सुविधाको घोषणा गरेका हुन् ।

उत्तर प्रदेशमा अगामी वर्षमा हुने विधानसभाको चुनावभन्दा अगाडी योगी सरकारले वाइफाइ दिने घोषणा गर्यो । १७ शहरको २१७ स्थानमा निःशुल्क वाइफाइ सुविधा दिने भनिएको छ । यसका लागि स्थान पहिचान गर्न निर्देशन समेत दिएको छ ।

उत्तरप्रदेश सरकारले लखनऊ, कानपुर, आगरा, अलीगढ़, वाराणसी, प्रयागराज, झांसी, बरेली, सहारनपुर, मुरादाबाद, गोरखपुर, अयोध्या, मेरठ, शाहजहांपुर, गाजियाबाद, मथुरा-वृंदावन र फिरोजाबाद लगायतको शहरमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउन लागेको छ ।

निःशुल्क वाइफाइ सुविधा दिने घोषणा गरेपछि जनता उत्साहित बनेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथको अहिले जताततै चर्चा सुरु भएको छ ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ