नेपालसहित ४ देशको नाम लिँदै मोदीले भने- हामी सुख दुःखका साथी


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार छिमेकी मुलुकहरूलाई सुख–दुःखको साथी भएको बताएका छन् ।

शनिबार एक ट्विट गर्दै मोदीले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामी सुख–दुःखका साथी हौँ ।’

छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उनको भनाइ छ । उनी जनकपुरधाम आउँदा समेत नेपाललाई सुख दुःखका साथी रहेको बताएका थिए ।

प्रकाशित : २०७८ श्रावण १६, शनिबार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ