काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार छिमेकी मुलुकहरूलाई सुख–दुःखको साथी भएको बताएका छन् ।
शनिबार एक ट्विट गर्दै मोदीले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामी सुख–दुःखका साथी हौँ ।’
छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उनको भनाइ छ । उनी जनकपुरधाम आउँदा समेत नेपाललाई सुख दुःखका साथी रहेको बताएका थिए ।