नेपालीहरु आजदेखि युएई जान पाउने


काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकहरु आजबाट संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन् ।

युएईले आजदेखि लागू हुने गरी नेपालसहित अन्य ५ मुलुकका नागरिकलाई प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिले पनि ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य देखाएपछि युएई जान पाउने भएका छन् ।

युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । प्रवेशका लागि उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ ।

त्यसरी युएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईको विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने तथा क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरिएको छ ।

प्रकाशित : २०७८ श्रावण २१, बिहीबार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ