भारतमा कोरोनाः संक्रमण बढ्दै, एकैदिन ४६८ जनाको मृत्यू


काठमाडौं : भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३१६ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ३३ हजार ३३३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ५२६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४६८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार १८३ पुगेको छ ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ