काबुलबाट भागेका राष्ट्रपति अशरफ गनी कहाँ गए ?


बीबीसी : अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले ‘लडाइँ सकिएको’ दाबी गरेको छ ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन् । अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ । तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन् ।

काबुलबाट कैयौँ मानिसहरू घर छाडेर भागिरहेको खबर आएको अफगान राष्ट्रपति पनि आइतवार विदेश पलायन भएका छन् । देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ ।

अफगान उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको । सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो । तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो

अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन् ।अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ