मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा पत्र


क्वालालम्पुर : मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए ।

सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई दिएको समर्थन फिर्ता गर्दै राजीनामा दिन दबाब दिएको थियो । यासिनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ