मेस्सीले आँसु पुछेको ‘टिस्यू पेपर’को मूल्य १० लाख डलर


काठमाडौं : ‘टिस्यू पेपर’ सस्तो वस्तु हो । तर, फुटबल खेलाडी लियोनेल मेस्सीले बार्सिलोनाबाट बिदाइ हुँदा आँसु पुछेको टिस्यू पेपरको मूल्य भने धेरै नै महँगो भएको छ ।

कम्प्टी स्पोर्ट्स डटकमका अनुसार मेसीले आँसु पुछेको टिस्यू पेपर त्यसबेला एक व्यक्तिले टिपेका थिए । र, अहिले त्यो पेपर लिलामीमा राखिएको छ । लिलामीमा त्यो टिस्यू पेपरको मूल्य १० लाख डलर तोकिएको छ ।

हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यू पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ