Big News- भारत र अफ्रिकामा नक्कली कोभिशील्ड खोप भेटियो


बीबीसी : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ ।

नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओले नक्कली खोपले ‘विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने’ चेतावनी दिएको छ । सङ्गठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ ।

भारतीय सरकारले यसबारे ‌औपचारिक धारणा राखेको छैन । तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार २१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ