मास्क नलगाएको आरोपमा एक व्यक्तिलाई ६ हप्ता जेलमा राख्ने फैसला


सिंगापुरको एक अदालतले मास्क नलगाएको अभियोगमा एक बेलायती नागरिकलाई ६ साताको जेल सजाय सुनाएको छ ।

सार्वजनिक स्थानमा मास्क लगाउन पटक–पटक आग्रह गर्दा पालना नगरेपछि ती व्यक्तिविरुद्ध मुद्दा चलाइएको थियो । ४० वर्षिय बेलायती नागरिक बेन्जामिन ग्लिनले गत मेमा मास्क नलगाइ सार्वजनिक स्थानमा गएको अभियोग थियो ।

त्यसपछि उनलाई जुलाईमा अदालतमा उपस्थित गराइएको थियो । साथै, उनले कर्मचारीलाई समेत धम्की दिएको आरोप छ ।सिंगापुरका मिडियाले जनाएअनुसार अदालतमा ती व्यक्तिले बेलायत फर्कन चाहेको भन्दै पासपोर्ट फिर्ता मागेका थिए ।

एसियाली अर्थतन्त्रको राजधानी मानिने सिंगापुरमा मास्क नलगाउने र कोभिड पालना नगर्नेलाई जेल सजायको नियम तोकिएको छ । कडा मापदण्डको कारण सिंगापुरले अहिले कोभिड संक्रमणलाई नियन्त्रणमा राखेको छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ