अमेरिकाले काबुलमा ड्रोन आक्रमण गरेपछि…


अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् ।

इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ । आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो । गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै आत्मघाती बम आक्रमण हुँदा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो । सो आक्रमणको जिम्मा आइएस–के ले लिएको थियो ।

आइएस–के बाट थप आक्रमणको जोखिम रहेको अमेरिकाले बताउँदै आएको छ । जोखिम रहे पनि अन्तिम समयसम्म उद्धारको काम भने जारी राख्ने अमेरिकाले बताएको छ ।

सोही अनुसार अहिले पनि उद्धारको काम चलिरहेको छ। अगस्ट ३१ सम्ममा सबै विदेशी सैनिक फिर्ता हुने यसअघि सहमति अनुसार नै काम भइरहेको जनाइएको छ ।

प्रकाशित : २०७८ भाद्र १४, सोमबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ